वातावरण / जलवायु पत्रकारितामा महिला पत्रकारहरूको उपस्थितिलाई सशक्त बनाउने उद्देश्यले सेन्टर फर मिडिया रिसर्च – नेपाल (सिएमआर-नेपाल) ले नर्वेको ओस्लो मेट्रोपोलीटन युनिभर्सिटीको सहयोगमा प्रदान गर्न लागेको हर क्लाइमेट स्टोरी फेलोशीपका लागि आवेदन खुला गरेको छ ।
एक महिनाको यो फेलोशीप प्राप्त आवेदनबाट छानिएका १२ नेपाली महिला पत्रकारहरूका लागि प्रदान गरिने छ ।
थप जानकारीका लागि यहाँ जानुहोस् ।
यो फाराम नेपाली वा English जुन भाषामा भर्नुभए पनि हुन्छ।
यो फेलोशीप महिला पत्रकारका लागि मात्रै उपलब्ध छ ।
फेलोशीपअन्तर्गत तपाईँले एउटा वातावारण वा जलवायुसम्बन्धी गहन समाचार सामग्री उत्पादन र प्रकाशन/प्रसारण गर्नुपर्छ । तपाईँलाई सहयोग गर्न अभिमुखीकरणदेखि नै हामी तपाईँको समाचार सामग्रीमा काम गर्छौँ र मेन्टरहरूले तपाईँलाई सहयोग गर्नुहुन्छ । फेलोशीप छनौट गर्दा तपाईँको स्टोरी आइडिया महत्त्वपूर्ण हुने हुँदा तपाईँलाई गर्न मन लागेको दुई समाचार सामग्रीको बारेमा छोटकरीमा तल लेख्नुहोस् ।
तपाईँले केही काम गरिसकेको वा काम शुरु नै नगरेको जस्तो विषयवस्तु लेख्नुभए पनि हुन्छ ।
तलको Submit थिचेर म यो फाराममा भएका सबै कुरा सही हुन् भन्ने प्रमाणित गर्छु र निम्न सर्तहरू मान्न तयार छु:
१. छनौट भएमा फेलोशीपका कार्यक्रमहरूमा पूर्ण रुपमा सहभागी हुनेछु ।
२. छनौट निर्णयलाई मान्नेछु र
३.
यहाँ लेखिएका फेलोशीपका शर्तहरू पालना गर्नेछु ।